
९ जेठ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी अन्र्तगतका ७२ वटा शिक्षण संस्थाहरुलाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको छ ।
आयोगले प्रमाणपत्र तहका लागि नर्सिङ, एचए, ल्याब, फार्मेसी र रेडियोग्राफी अध्यापनका लागि आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको आयोगको बैठकले प्रमाणपत्र तहका लागि चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रम अध्यापन गर्ने ७२ वटा संस्थालाई आशय पत्र प्रदान गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
आशयपत्र पाउनेमा अधिकांश सामान्य चिकित्सा (एचए) पढाउने संस्था र नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी र डिप्लोमा इन फार्मेसी पढाउने शिक्षण संस्थाहरुले आशयपत्र पाएका छन् ।
त्यस्तैगरी आयोगको उक्त बैठकले चिकित्सा शिक्षा नीति, चिकित्सा शिक्षा जनशक्ति प्रक्षेपण योजना र चिकित्सा शिक्षाको स्नातक तह राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई सुरुवाती र जीवन्त दस्तावेजको रुपमा लिने र २०८०/८१ का लागि आन्तरिक स्रोततर्फ ४३ करोड ४२ लाख रुपैयाँको बजेट स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया 4