
१० जेठ, काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले विदेशमा गएर कतिपय उच्च पदस्थ व्यक्तिले नै गणतन्त्रको विरोध गरेको आफूले सुनेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने गणतन्त्रको विरोधमा विदेशीसँग छलफल गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।
‘…केही भीभीआईपीहरुले गणतन्त्रको विरुद्धमा, व्यवस्थाको विरुद्धमा विदेशी भूमिमा गएर, विदेशीहरुसँग छलफल गरिरहेका छन् । यदि यो कुरा यथार्थ हो भने सरकारलाई अनुरोध गर्न चाहन्छु– त्यस्ता भीभीआईपीहरु जो गणतन्त्रको विरुद्धमा विदेशमा गएर षड्यन्त्र गरिरहेका छन् त्यस्ता भीभीआईपीहरुको सुविधाहरु खोस्नुपर्छ ।’
तर कुन देशमा गएर को भीभीआईपीले गणतन्त्रको विरोध गरेका हुन् भन्ने उनले खुलाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4