+

ब्राइटन युरोपा लिगमा छनोट

२०८० जेठ  ११ गते ७:५८ २०८० जेठ ११ गते ७:५८
ब्राइटन युरोपा लिगमा छनोट

११ जेठ, काठमाडौं । जुलियो एनसिसोको सानदार गोलमा च्याम्पियन म्यानचेष्टर सिटीसँग १-१ को बराबरी खेल्दै ब्राइटन अर्को सिजनको युरोपा लिगमा छनोट भएको छ ।

प्रिमियर लिगमा बुधबार राति भएको खेलमा ब्राइटनले घरेलु मैदानमा पुनरागमन गर्दै बराबरी गरेको हो । ब्राइटनले सिटीको लगातार १२ खेलको जितमा पनि ब्रेक लगाएको छ ।

प्रिमियर लिग उपाधि जितिसकेको सिटी एफए कप र च्याम्पियन्स लिगको पनि फाइनलमा पुगेको छ ।

फिल फोडेनले २५औं मिनेटमा गोल गर्दै च्याम्पियन सिटीलाई अग्रता दिलाएका थिए । तर एनसिसोले ३८औं मिनेटमा बराबरी गोल गरे ।

यस बराबरीपछि ब्राइटनको ३७ खेलबाट ६२ अंक भएको छ र शीर्ष ६ मा रहन उसका लागि यो अंक पर्याप्त हुनेछ । सातौं स्थानको एस्टन भिल्लाको ३७ खेलबाट ५८ अंक छ ।

ब्राइटन युरोपा लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय