
११ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट नवनियुक्त वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले शपथ लिएका छन् ।
उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई आज बिहीबार बिहान वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।
यसअघि सरकार बाहिर रहेका सत्ता गठबन्धन घटक कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मंगलबार मधेश सरकारमा सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4