
१२ जेठ, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा प्रकाशन गरेसँगै नयाँ भाडादर लागु भएको छ ।
काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुबाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारी चढ्ने बित्तिकै न्यूनतम २० रूपैयाँ भाडा तिर्नु पर्थ्यो । अब भने न्यूनतम भाडा १९ रूपैयाँ हुनेछ ।
यसअनुसार उपत्यकाभित्र १० किलोमिटरसम्मको २७ रुपैयाँको भाडाको सट्टा २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँको सट्टामा ३० रुपैयाँ, १५ किलोमिटरसम्म ३५ रुपैयाँको सट्टा ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको दुरीमा ४० रुपैयाँको सट्टामा ३८ रुपैयाँ भाडा कायम भएको छ ।
त्यसैगरी काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले कम भएको छ । यस्तै प्रदेशभित्र चल्ने मालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको छ ।
हेर्नुहोस् सूचीः
प्रतिक्रिया 4