
१२ जेठ, पोखरा । विन्दुकुमार थापा कांग्रेस संसदीय दल गण्डकीको उपनेता चयन भएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उपनेतामा मनोनयन गरेका हुन् । कांग्रेसबाट दोहोरिएर चुनाव जित्ने उनी गण्डकीका एक्ला हुन् ।
अघिल्लो पटक कानुनमन्त्री भएर काम गरेका थापा यसपटक मन्त्री हुने दौडमा थिए ।
तर, थापालाई रोक्न सांसदहरुकै विरोधका कारण उनी मन्त्री बन्न पाएनन् ।
मुख्यमन्त्री पाण्डेले मन्त्री नबनाए पनि गण्डकीका अनुभवी थापालाई उपनेताको जिम्मेवानरी दिएका हुन् ।
उनी कास्की–२ (२)बाट निर्वाचित सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4