+
+

ग्रेटर नेपाल महाअभियानले गर्‍यो नवल खड्कालाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १६:४२

काठमाडौं । देशभक्तिका कथावस्तुमा आधारित फिल्मबाट राष्ट्रिय स्वाधीनता र देशप्रेमको सन्देश दिएबापत ग्रेटर नेपाल महाभियानले फिल्म निर्माता तथा निर्देशक नवल खड्कालाई सम्मान गरेको छ । आइतबार रत्नपार्कको शान्तिवाटिकामा आयोजित समारोहमा खड्कालाई महाअभियानले एक लाख ५० हजार रुपैयाँ राशीको पुरस्कारबाट सम्मान गरेको हो ।

सम्मानित हुन पाउँदा खुसी लागेको भन्दै खड्काले आफ्नो पछिल्लो फिल्म ‘काँडेतार’मार्फत आफूले सिमानामा काँडेतार लगाउनुपर्छ भनेर खुला प्रस्ताव गरेको बताए । ‘यो कुरालाई लिएर संसद र देश विदेशमा बहस होस् भन्ने हाम्रो चाहना छ,’ अभिनेता समेत रहेका खड्काले भने ।

हालैको नक्कली भुटानी शरणार्थी प्रकरणले सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने तथ्यलाई बल दिएको उदाहरण पेश गर्दै खड्काले देशभक्तहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले काँडेतार फिल्ममा पनि यो कुराको उठान गरिएको चर्चा गर्दै देशभक्ति फिल्म निर्माणको गति अझै बढ्नुपर्ने बताए ।

खड्काले दशगजा, आवाज, क्रान्ति, भीमदत्तजस्ता देशभक्तिपूर्ण फिल्मको निर्माण तथा निर्देशन गरेका छन् । यो फिल्मलाई चाँडै प्रदर्शन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?