+
+

प्रदेश नामकरणको विवाद संघीय सरकारतिर फर्काएर धर पाइँदैन : नेता आङ्बो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १७:२२

१४ जेठ, विराटनगर । कोशी प्रदेशसभाको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले नामकरणपछि उत्पन्न समस्याको समाधान प्रदेश सरकारले नै दिनुपर्ने बताएका छन् ।

आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले नामकरणपछि उत्पन्न विवाद समाधानको जिम्मा संघीय सरकारतिर पन्छाउन नमिल्ने बताएका हुन् ।

‘अहिले ढुंगा हानिरहेका साथीहरु हुन् वा ढुंगा छेकिरहेका सुरक्षाकर्मी साथीहरु हुन् सबैको अभिभावक सरकार हो’. उनले भने, ‘यो संघीय सरकारतिर फर्काएर धर पाउदैनौं, हामीले सिर्जना गरेको समस्या हो । हामीले समाधान दिनुपर्छ ।’

प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले नाम फेर्न  माग गर्दै प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण प्रदेशसभा भवन अगाडि आइतबार दिउँसो तनावग्रस्त भएको थियो ।

सरकारले वार्ताका लागि चासो नदेखाएको भन्दै आङ्बोले सरकारलाई वार्ताको वातावरण बनाउन आग्रह गरे । उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई वार्ताबाट समस्या समाधानका लागि नेतृत्व लिन आग्रह गरे । नामाङ्कनको विषय संशोधन गर्न मिल्ने बताउँदै उनले  सडक आन्दोलनको माग सम्बोधनका लागि वार्ता  र संवाद सुरु गर्नुपर्ने बताए ।

उनले भने ,‘हामी सबै जिम्मेवार बनौं, सबैसँग छलफल गरेर समस्या सामधान गर्ने तदारुकता सरकारबाट होस् ।’

नेता आङ्बोले सरकारले कामको गति लिन नसकेको उनको आरोप छ । आफ्नो दल सहभागी भएको सरकार सही दिशामा नरहेको बताउँदै उनले मुख्यमन्त्री एकलौटी  रुपमा अघि बढेको बताए ।

उनले मुख्यमन्त्री कार्कीलाई सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम कहाँ गयो भन्दै  प्रश्न गरे । साझा कार्यक्रम कार्यान्वयनको औपचारिक प्रक्रियामा प्रवेश नगरेको बताउँदै आङ्बोले भने, ‘सबै दलको भावनालाई सम्बोधन गर्ने काम सरकारले गरेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?