+

कुन-कुन कारणले दुख्छ कम्मर ?

२०८० जेठ  १४ गते १८:५६ २०८० जेठ १४ गते १८:५६
कुन-कुन कारणले दुख्छ कम्मर ?

कम्मर दुख्ने समस्या हरेक व्यक्तिले कुनै न कुनै बेला भोगेकै हुन्छन् । नेपालमा करिब ७० प्रतिशत मानिसलाई कम्मर दुख्ने समस्या रहेको विज्ञहरु बताउँछन् । कम्मर दुख्ने समस्या ठूलै चिन्ता लिनुपर्ने विषय होइन, तर हेलचेक्राइँ पनि गर्नुहुँदैन । यसलाई हेलचेक्राइँ गरेको अवस्षमा गम्भीर रोग समेत निम्तिन सक्छ ।

कम्मर दुख्ने कारण धेरै छन् । बसाइको पोजिसन नमिल्दा, मोटोपन हुँदा, एउटै पोस्चरमा लामो समय बसिरहँदा, भारी सामान उचाल्दा, हड्डी कमजोर हुँदा, धैरै व्यायाम गर्दाजस्ता कम्मर दुख्छ । यस्तै शरीरमा क्याल्सियम र भिटामिन डी कमी भएमा, दुर्घटनामा परी मेरुदण्ड भाँच्चिएमा पनि कम्मर दुख्ने समस्या हुन्छ ।

कम्मर जोकोहीलाई दुख्न सक्छ, यद्यपि ३५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई अलि बढी यो समस्याले सताएको पाइन्छ । धेरै झुकेर, निहुरेर, कुर्सीमा लगातार बसेर काम गर्नेहरुमा यस्तो समस्या धेरै देखिन्छ ।

टेबलमा बसेर काम गर्दा ढाडको पोस्चर थप बिग्रिने वा भार पर्ने भएका कारण मेरुदण्डको पछाडि भएका मांसपेशी कमजोर भएर कम्मर दुखाइ महसुस हुन्छ । जसलाई मेडिकल भाषामा पस्चुरल ब्याक पेन भनिन्छ ।

प्रायःजसो अहिले कम्मर दुखाइ धेरैजसो मानिसले अनुभव गरेका हुन्छन् । यो हड्डी कमजोर भएर दुख्छ । त्यस्तै ६० वर्ष माथिकालाई हड्डी खिइएर दुख्छ ।

डा. मजेशप्रताप मल्ल

रोगले पनि दुख्छ कम्मर

बाथरोग, क्षयरोग, ट्युमर, क्यान्सर, नशा च्यापिएर, युरिक एसिड बढ्नाले वा कुनै संक्रमणको कारण कम्मर दुख्छ । यी रोगका कारण निहुरिंदा दुख्ने, निरन्तर ६ महिनाअघिदेखि नियमित दुख्ने, तौल घट्दै जाने, साँझपख ज्वरो आउने, सुत्दा एकदम कम्मर दुख्ने, ढाड कुप्रो हुने, खुट्टा पोल्ने हुन्छ ।

कम्मर दुखाइको निदान

एउटै पोजिसनमा बसेर लामो समसयम्म काम नगर्ने, गर्नै परे आधा वा एक घण्टामा उठेर यताउता डुल्ने, शरीर तन्काउने गर्नुपर्छ । भारी समान उठाउँदा एकैचोटि ननिहुरिकन बिस्तारै निहुरिएर उचाल्ने गर्नुपर्छ । कम्मर दुख्ने समस्या र मांसपेशीसँग सम्बन्धित व्यायाम गर्नुपर्छ । मर्निङ वाक जाने, ढाडलाई बलियो बनाउने थेरापी गर्ने गर्नुपर्छ । महिनावारी रोकिएका महिलामा कम्मर दुख्ने समस्या धेरै देखिने भएकाले उनीहरुले क्याल्सियम खाएमा राहत मिल्छ । धेरै कम्मर दुखेमा औषधि खान सकिन्छ ।

निरन्तर कम्मर दुखेमा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । यसको कारण पत्ता लगाई उपचार गर्नुपर्छ । नभए प्यारालाइसिससमेत हुन सक्ने जोखिम हुन्छ ।

(अर्थोपेडिक सर्जन डा. मल्ल भक्तपुर च्याम्हसिंहस्थित ख्वपः अस्पतालका मेडिकल डाइरेक्टर समेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

कम्मर स्वास्थ्य
डा. मजेशप्रताप मल्ल
लेखक
डा. मजेशप्रताप मल्ल
अर्थोपेडिक एण्ड ट्रमा सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०२९९ एमबीबीएस (मणिपाल कलेज अफ मेडिकल साइन्स, पोखरा) एमएस (चीन) हाल भक्तपुरस्थित ख्वप अस्पतालमा मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जनको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?