
१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन्।
सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन्। जसमा उनले साधारण खर्चमात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए । संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले युक्रेन युद्धले आपूर्तिमा असर गरेको बताए।
उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण पनि अर्थतन्त्र समस्यामा परेको बताए ।
मुद्रा स्फीति नियन्त्रण र विनिमय सञ्चिति कायम गर्न लिएका नीतिले पनि समस्या बढाएको उनको भनाइ छ । पछिल्लो समय सूचकांकहरु सुधारोन्मुख रहेको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4