
१५ जेठ, काठमाडौं । सरकारले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा सरकारले फ्लाईओभर निर्माण गर्ने घोषणा गरेको छ । ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुने सरकारले दाबी गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै यो दाबी गरेका हुन् ।
साथै काठमाडौंका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडानसमेत गरिने छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने र सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्थासमेत गरिने समेत बजेट वक्तव्यमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4