+
+

दिवा खाजाको लागि ८ अर्ब ४५ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १८:१६

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सामुदायिक विद्यालयमा दिँदै आएको दिवा खाजालाई निरन्तरता दिन ८ अर्ब ४५ करोड विनियोजन गरेको छ ।

सरकारले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था पनि गरेको छ । अर्थ मन्त्री डा.प्रकाशशरण महतका अनुसार आगामी आ.व २०८०/८१ को बजेट घोषणा गर्दै यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बताएका छन् ।

स्थानीय तथा रैथाने कृषि उपजबाट खाजा उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यस्तैगरी विद्यालयका छात्राहरूलाई निःशुल्क १ अर्ब ४२ करोड विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?