
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट करिब ३० अर्बले घटेको छ ।
चालु आर्थिक वर्षमा मन्त्रालयले चालु आर्थिक वर्षमा १ खर्ब ६१ अर्ब रुपैयाँ बजेट पाएको थियो ।
तर, आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ३१ अर्ब ३९ करोड मात्रै बजेट पाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेश गरेको बजेटमा विभिन्न सडकमार्गहरुको निर्माण सुरु गर्ने, विस्तार गर्ने र नियमित कार्य जारी राख्ने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4