
१५ जेठ, काठमाडौं । सकारले सरकारी स्वामित्वको बैंक तथा वित्तीय संस्थाको पुनर्संरचना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी रेमिट्यान्स बण्ड जारी गर्ने र औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहन गर्ने उनले बताए ।
सकारले सहुलियत पूर्ण कर्जाको लगानी ब्याज अनुदानको बजेट घटाएको छ । सहुलियतपूर्ण कर्जाको लगानी ब्याज अनुदान सम्बन्धी कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको छ ।
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको ११ अर्ब ५९ करोड विनियोजन गरेको उनले बताए ।
गत आर्थिक वर्षमा १३ अर्ब ५९ करोड बजेट विनियोजन गरेकोमा चालु आर्थिक वर्षमा सहुलियत कर्जाको ब्याज अनुदानको बजेट २ अर्बले घटाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4