
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त लक्ष्य लिएको बताए ।
१७ खर्ब ५१ अर्बको बजेट ल्याएका महतले आागमी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल मुद्रास्फीति गर्दा ६.५ प्रतिशत भित्र कायम राख्ने लक्ष्य लिएको बताए ।
चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशत भित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य सरकारले लिएको थियो । तर २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले जारी गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4