
फाइल तस्वीर
१५ जेठ, काठमाडौं । सरकारले पाँचतारे वा सो भन्दा माथिको होटल र लक्जरी रिर्सोटले प्रदान गर्ने सेवामा विलासिता कर लाग्ने भएको छ ।
आर्थिक विधेयक २०८० अनुसार यस्तो सेवामा २ प्रतिशतले कर लाग्ने भएको हो । सरकारले आयातित मदिरा र १० लाख रुपैयाँ भन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत सोही दरमा कर लागु हुने विधेयकमा उल्लेख छ । यस्तो कर होटल तथा रिर्सोटले सेवा प्रदान गरेको बेला नै असुल गर्नुपर्ने भएको छ ।
आयातित मदिराको भन्सार विन्दुमै पैठारीका बेला असुली हुने छ । १० लाख भन्दा बढीका धातुका गहना बिक्रेताले असुल गर्नुपर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4