+
+

पहिचान पक्षधर नेता कार्यकर्ता छुटे, अनिश्चितकालीन हड्ताल फिर्ता

आन्दोलन शान्तिपूर्ण बनाउने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १६:५४

१६ जेठ, विराटनगर । पहिचान पक्षधरले कोशी प्रदेशमा बुधबारबाट घोषणा गरेको अनिश्चितकालीन आमहडताल फिर्ता लिएका छन्।

आइतबार पक्राउ परेका २६ नेता तथा कार्यकर्तालाई नछाडेको भन्दै प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले बुधबारबाट अनिश्चितकालीन आमडहताल घोषणा गरेको थियो ।

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा पक्राउ परेका कार्यकर्ता छाड्ने सहमति भएपछि आमहडताल फिर्ता भएको पहिचान पक्षधरका नेता अर्जुन जम्नेली राईले जानकारी दिए।

बैठकमा आन्दोलनरत पहिचान पक्षधरको आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति पनि भएको छ। सुरक्षा अधिकारी र आन्दोलनरत पक्षका प्रतिनिधिबीच भएको छलफलले आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरेको हो।

पहिचान पक्षधरले शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने र आन्दोलनका क्रममा पक्राउ परेका पहिचान पक्षधरलाई छाड्ने सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए। सहमतिपछि आइतबार पक्राउ परेका २६ जना आन्दोलनकारी छुटेका छन्।

गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छ। प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन गरिरहेको हो।

आइतबार प्रहरीले ८६ जनालाई पक्राउ गरेको थियो। ती मध्ये ६० जना सोही दिन राति छुटेका थिए। २६ जनालाई भने मुद्दा चलाउने भन्दै प्रहरीले छाडेको थिएन्। आन्दोलनरत पक्षसँगको छलफलपछि प्रहरी छाड्न तयार भएको हो।

पहिचान पक्षधर नेता राईले आमहडताल फिर्ता भएपनि प्रदेशसभा केन्द्रित शान्तिपूर्ण आन्दोलन भने जारी रहने बताए। बुधबार प्रदेशको दोस्रो तथा बजेट अधिवेशनको दोस्रो बैठक बस्दैछ । सो बैठकलाई लक्षित गरी शान्तिपूर्ण आन्दोलन गर्ने उनले बताए। आइतबारको प्रदर्शनमा भने प्रहरी र प्रदर्शनकारीबची झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?