+
+

प्रधानमन्त्री प्रचण्ड र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १९:०८

१७ जेठ, काठमाडौं। चार दिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका छन् । ्

बुधबार  दिल्लीस्थित होटल आईटीसी मौर्यामा प्रचण्ड र डोभलबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भेटमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी रहेका छन् ।

बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारको तर्फबाट विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले विमानस्थलमा स्वागत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?