
पोखराको ‘अन्नपूर्ण स्केटपार्क’ मा स्केटिङ गरेर रम्दै युवाहरू/फाइल तस्वीर
१७ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्केटबोर्ड’ निर्माण गर्ने भएको छ । ‘स्केटबोर्ड’ निर्माणका लागि महानगरपालिकाले टेण्डर आह्वान समेत गरिसकेको छ ।
महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाका अनुसार करिब ६ करोड रूपैयाँ लागतमा बालाजुमा ‘स्केटबोर्ड’ निर्माण गरिने छ ।
‘बालाजुको १७ रोपनी जग्गामा ‘स्केटबोर्ड’ निर्माणका लागि टेण्डर प्रक्रियामा गएका छौं, ठेक्का लागेको ६ महिनाभित्र सक्ने महानगरको लक्ष्य रहेको छ’ थापाले भने ।
उनले महानगरपालिकाले अन्य स्थानमा पनि जग्गा खोजिरहेको भन्दै जग्गा प्राप्तिपछि भलिबल कोर्ट, साइक्लिङ ट्र्याक निर्माण जस्ता कार्यहरुलाई पनि अगाडि बढाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4