
काठमाडौं । लोकगीत सर्जक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्वअध्यक्ष रमेश बीजीले विवाह गरेका छन् । गृहजिल्ला स्याङ्जाकी शर्मिला श्रेष्ठसँग उनले प्रेमविवाह गरेका हुन् । यी दुईले लामो समयदेखि प्रेमलाई गुपचुप राखेका थिए । यसै साता अष्ट्रेलियातर्फ लाग्नुअघि उनीहरुले विवाहबारे सार्वजनिक गरेका हुन् ।
केही महिनाअघि नै उनीहरुले विवाह गरेको हल्ला फैलिएको थियो तर यसलाई उनीहरुले स्वीकारेका थिएनन् । अहिले भने उनीहरुको विवाहको तस्वीर सार्वजनिक भएको छ । अहिले भने गायक बीजीले आफैं यसबारे सार्वजनिक गरेका हुन् ।
विवाहको खबर बाहिरिएपछि उनीहरुलाई सामाजिक सञ्जालमा बधाई र शुभकामनाको ओइरो छ । दुई दशकदेखि लोकगायनमा सक्रिय बीजी अहिले पत्नीसहित अष्ट्रेलियातर्फ उडेका छन् । मंगलबार उनीहरु त्यसतर्फ लागेका हुन् । केही समय उनीहरु अष्ट्रेलियामै बसोबास गर्ने जनाइएको छ ।
प्रतिक्रिया 4