+
+

मध्यप्रदेशस्थित महाकालेश्वर मन्दिर पुगेर प्रचण्डले गरे पूजाअर्चना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १७:४३

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको मध्य प्रदेश पुगेर महाकालेश्वर मन्दिरमा पूजाअर्जना गरेका छन् ।

उज्वेनस्थित महाकालेश्वरलाई हिन्दूहरुले १२ मध्ये एक ज्योतिर्लिङ्गका रुपमा पूजा गर्ने गर्छन् ।

दौरासुरुवालमाथि गेरुवस्त्र लगाएका प्रधानमन्त्री प्रचण्डलाई विशेष पूजा अर्चना गर्न त्यहाँका पुजारीहरुले सहयोग गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजालले पनि पूजाअर्चना गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगै अरु मन्त्रीहरुले पनि गेरुवस्त्रमा पूजा गरेका छन् । चारदिने भारत भ्रमणका क्रममा भ्रमण टोली महाकुलेश्वर मन्दिर पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?