
१९ जेठ, काठमाडौं । एप्पलको एप स्टोरका डेभलपर्सहरुले गतवर्ष सन् २०२२ मा अर्थतन्त्रमा कूल ११ खर्ब डलर रकम सिर्जना गरेका छन् ।
एनालिसिस ग्रुपका अर्थविदहरुले गरेको अध्ययन अनुसार सन् २०२२ मा एप स्टोर डेभलपर्सले कूल बिलिंग तथा भौतिक वस्तुतथा सेवाको सेल्समा गरी ९ खर्ब १० अर्ब डलर रकम सिर्जना गरेका छन् भने एप्भित्रका विज्ञापनबाट १ खर्ब ९ अर्ब तथा डिजिटल वस्तु तथा सेवाबाट १ खर्ब ४ अर्ब डलर कूल आम्दानी भएको छ ।
एप्पलले एप स्टोरलाई विश्वभरका डेभलपर्सहरुका लागि निकै उत्कृष्ट प्लाटफर्मको रुपमा विकास गरेको छ जसको आम्दानीको ९० प्रतिशत रकम सिधै डेभलपर्स तथा बिजनेसहरुलाई जान्छ र त्यसमा एप्पललाई कुनै कमिसन तिर्नु पर्दैन ।
एप्पल सिइओ टिम कुकले आफुहरुले विश्वभरका डेभलपर्स समुदायबाट निकै उत्साहित र आशावादी रहेको बताएका छन् ।
उनी भन्छन्,’एप स्टोर भनेको निकै चलायमा तथा नवप्रवर्तनशील बजार हो जहाँ धेरै अवसरहरु विद्यमान छन् । हामीहरु डेभलपर्सको सफलता तथा एप अर्थतन्त्रको भविष्यका लागि अझै धेरै लगानी गर्न प्रतिबद्ध छौँ।’
सन् २०१९ यता एप स्टोरको डेभलपर बिलिंग तथा सेल्समा तिव्र वृद्धि भैरहेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा यस्तो वृद्धि २९ प्रतिशत छ ।
यसमा साना डेभलपर्सहरुले पछिल्लो समयमा ठूलो सफलता हासिल गर्दै गएको र पछिल्लो वर्ष आम्दानीमा ७१ प्रतिशतले वृद्धि गरेको तथ्यांक छ ।
स्मरण रहोस् एप स्टोरका औषत साप्ताहिक प्रयोगकर्ताको संख्या ६५ करोड छ । त्यस्तै एप स्टोरबाट एप डाउनलोड गर्ने तथा पुनः डाउनलोड गर्ने प्रयोगकर्ताको संख्या क्रमशः ७४ करोड ७० लाख र १ अर्ब ५० करोड छ ।
आइओएस डेभलपर्सहरुले सन् २००८ देखि २०२२ को अवधिमा ३ खर्ब २० अर्ब डलर आम्दानी गरेका छन् । यसबीचमा विश्वमा ३ अर्ब ७० करोड भन्दा बढि पटक आइओएस एपहरु डाउनलोड भए ।
हाल एप स्टोरमा करीब १८ लाख एपहरु छन् । सन् २०२२ मा एप स्टोरले गैरकानूनी कारोबार भएको २ अर्ब डलर रोक्का गरेको तथा गोपनियता, सुरक्षा र गुणस्तरको मापदण्ड पूरा नगर्ने १७ लाख नयाँ एपको आवेदन रद्द गरिदिएको कम्पनीले जनाएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4