२० जेठ, काठमाडौं । कप्तान इल्काई गुन्डोगानको दुई गोलेको मद्दतमा म्यानचेस्टर सिटीले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कपको उपाधि जितेको छ । प्रिमियर लिग जितिसकेको सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ र उसलाई अब ट्रिबेलको अवसर छ ।
शनिबार भएको म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो । वेम्बलीमा भएको फाइनलमा सिटीका लागि दुबै गोल कप्तान गुन्डोगानले गरे ।
खेलको पहिलो मिनेटमा नै सिटीले अग्रता लिएको थियो । तर ३३ औं मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले युनाइटेडका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुमै फेरि सिटीले गोल गर्यो । ५१औं मिनेटमा गुन्डोगानले भली गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।
बाँकी समयमा सिटीले त्यही अग्रता जोगायो र उपाधि उचाल्यो ।
प्रतिक्रिया 4