+
+

तोलामै १७ सयले घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते ११:३०

२१ जेठ, काठमाडौं । सुनको मूल्य एकै दिन १७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बजेटपछि निरन्तर बढेको सुन र चाँदीको मूल्य आइतबार भने घटेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य एक लाख १३ हजार ३ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँमा कारोबार भएरहेको छ । शुक्रबार १४ सय ३५ रुपैयाँमा चाँदी खरिद बिक्रि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?