
२२ जेठ, काठमाडौं । तेलको भाउ घट्नबाट रोक्नका लागि उत्पादक देशहरु उत्पादन कटौती गर्न सहमत भएका छन् ।
साउदी अरबले जुलाइदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउन सहमति जनाएको छ । उसले यसअघि पनि तेलको उत्पादनमा कटौती गर्दै आएको छ ।
रुसको अध्यक्षतामा आइतबार ७ घन्टासम्म चलेको बैठकमा उत्पादक देशहरु उत्पादन कटौतीमा सहमत भएका हुन् ।
यस्तै ओपेक प्लस देशहरुले सन् २०२४ मा दैनिक थप १४ लाख ब्यारेल कटौती गर्ने छन् । तेल उत्पादक र उसका सहयोगी देशहरुको समूह ओपेक प्लसले मात्र विश्व बजारलाई आवश्यक मध्ये ४० प्रतिशत तेल उत्पादन गर्दै आएका छन् ।
तेल उत्पादक देशहरुले उत्पादन कटौती गर्ने घोषणा गरेलगत्तै सोमबार एसियाली बजारमा कच्चा तेलको दाम २.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७७ डलर पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4