
२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर भएको सुन्नमा आएको भन्दै त्यस्तो भए अपराधपूर्ण काम हुने बताएका छन् । ‘निश्चित घरानालाई पोस्नेगरी करका दर फेर्न ‘अनधिकृत व्यक्ति’को संलग्नता’ भन्ने शीर्षकमा सोमबार अनलाइनखबरले समाचार सार्वजनिक गरेको थियो ।
सोमबार बजेट माथिको छलफलमा बोल्दै सांसद पाण्डेले बजेट आउने अघिल्लो दिन ११ सय विद्युतीय गाडी भित्रिने र भोलिपल्ट त्यस्तै खालको गाडीको कर बढाइएको सत्य भएमा नछोड्ने बताएका हुन् ।
‘मैले सुनेको जस्तै अघिल्लो दिन विद्युतीय गाडी भित्राएर भोलिपल्ट करको दायरा बढाइएको हो भने त्यो अपराधपूर्ण काम हो । त्यो सीसीटिभी फुटेज लुकाइएको जस्तै अपराधपूर्ण काम हो । अघिल्लो पल्ट छुट्यो होला यो पटक छोडिने छैन, ’ पाण्डेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4