+
+

सीटीबीटीओका कार्यकारी सचिव र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १२:२१

२३ जेठ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धि संगठन (सीटीबीटीओ)का कार्यकारी सचिव रोबर्ट फ्लोएड बीच शिष्टाचार भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिव फ्लोएड बीच सिंहदरबारस्थित संसद सचिवालयमा भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल सबै किसिमका आम विनाशका हतियारहरूको निरस्त्रीकरणको पक्षधर रहेको बताए ।

अध्यक्षको सचिवालयका अनुसार उनले भनेका छन्, ‘सबै प्रकारका हतियारको निरस्त्रीकरण नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्षको रुपमा रहिआएको छ ।

नेपाल हात-हतियार दौडको विरुद्धमा छ र सामूहिक विनाशका सबै प्रकारका हतियारको समयबद्ध र सम्पूर्ण निरस्त्रीकरणको वकालत गरिरहनेछ र यसका निम्ति अन्तर्राष्ट्रिय प्रयत्नहरुप्रति पनि ऐक्यबद्धता जनाउँदछ ।’

अध्यक्ष तिमिल्सिनाले आणविक प्रतिबन्ध सन्धि अनुमोदन गर्ने राष्ट्रहरुको संख्याले नेपाल प्रोत्साहित रहेको पनि बताएका छन् ।

संसदको चालु अधिवेशनबाट बजेट पारित भइसकेपछि सरकारले सीटीबीटीओ सन्धि अनुमोदनका लागि संसदमा प्रस्तुत गरेमा संसद त्यो प्रक्रियामा प्रवेश गर्ने आश्वासन दिंदै उनले सन्धिलाई हस्ताक्षर र अनुमोदन गर्ने राष्ट्रहरुको उल्लेख्य संख्याले नेपाल प्रोत्साहित भएको बताएका हुन् ।

सीटीबीटीओका कार्यकारी सचिव फ्लोएडले पश्चिम अफ्रिका र दक्षिणपूर्वी एसियाका धेरै देशहरुले सन्धि अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धि अनुमोदन हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?