+

एन्फाले पाएका महिला विश्वकपका २३० वटा टिकटको भागबण्डा

२०८० जेठ  २४ गते १४:३१ २०८० जेठ २४ गते १४:३१
एन्फाले पाएका महिला विश्वकपका २३० वटा टिकटको भागबण्डा

२४ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने महिला विश्वकप फुटबलको टिकट भागबण्डा गरेको छ ।

फिफाले एन्फाले महिला विश्वकपको अष्ट्रेलियामा हुने खेलका १२५ वटा र न्युजिल्याण्डका १०५ गरी कुल २३० वटा टिकट दिएको छ । जुन फिफाले विश्वभरका आफ्ना सदस्यलाई बेचेको टिकट हो ।

गत शनिबार बसेको एन्फाको आपतकालीन समितिको बैठकले  ती टिकट एन्फा पदाधिकारीदेखि, जिल्ला फुटबल संघ, क्लब र शुभचिन्तकहरुका लागि भागबण्डा गरिएको हो ।

जसअनुसार अध्यक्ष पंकज विक्रम नेम्बाङले सबैभन्दा धेरै १५ वटा टिकट पाएका छन् । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले १३ वटा तथा उपाध्यक्षहरु दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडाले समान ९-९ वटा टिकट पाएका छन् ।

फिफाले दिएको यी टिकटको तोकिएको शुल्क तिर्नु पर्ने छ । एन्फाका अनुसार पदाधिकारीले ती टिकट फुटबल समर्थक वा आफन्तलाई बेच्न पाउने छन् भने कसैले नलिन पनि पाउँछन् ।

गतवर्ष कतारमा भएको विश्वकप फुटबलका लागि पनि एन्फाले फिफाबाट टिकट पाएको थियो । तर त्यो टिकटको बिक्री वितरण पारदर्शी नभएको भन्दै एन्फाको आलोचना भएको छ ।

एन्फा कार्यसमिति महिला विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय