+

दोश्रो दिन सद्भाव र सुवासलाई तीन स्ट्रोकको अग्रता

२०८० जेठ  २४ गते १७:५० २०८० जेठ २४ गते १७:५०
दोश्रो दिन सद्भाव र सुवासलाई तीन स्ट्रोकको अग्रता

२४ जेठ,  काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सद्भाव आचार्य र सुवास तामाङ संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् ।

गोकर्ण गल्फ क्लबमा सद्भाव सुवासले ३६ होलको समाप्तीमा समग्रमा ९-अन्डर १३५ को स्कोरमा नीरज तामाङ र शुक्रबहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन् ।

गोकर्ण गल्फ क्लबमा आज बुधबार राष्ट्रिय टिमका खेलाडी सद्भाव ७-अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्षस्थानमा उक्लिए ।

सुवासले भने इभन-पार ७२ मा दोस्रो दिनको खेल सकाउँदा शीर्षस्थान बाँडे । दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा नीरज तामाङले ८-अन्डर ६४ को स्कोर बनाए ।

यो स्कोरमा नीरज र डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे ।

शुक्रले ५-अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए । दुवैले समग्रमा ६-अन्डर १३८ स्कोर गरे ।

४-अन्डर १४० सहित भुवन नगरकोटी र तोरण विक्रम शाही संयुक्तरुपमा पाँचौ स्थानमा छन् ।

भुवनले ४-अन्डर ६८ र तोरणले इभन-पार ७२ स्कोर गरे ।

यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्तरुपमा सातौं स्थानमा छन् ।

दुवैले आज इभन-पार ७२ को कार्ड बनाए । समग्रमा २-अन्डर १४२ सहित सूर्यप्रसाद शर्मा नवौं स्थानमा छन् । आज उनले २-अन्डर ७० स्कोर गरे ।

इभन-पार ७२ सहित समग्रमा १-अन्डर १ सय ४३ सहित दिनेश प्रजापति दशौं स्थानमा छन् ।

३६ होलको समाप्तीमा ७-ओभर १ सय ५१ स्कोर गर्ने २३ प्रोफेसनल गल्फर र ६ एमेच्योर गरी २९ खेलाडीले कट बनाएका छन् ।

प्रोफेसनलतर्फ रबि खड्का, राजेन्द्र थापा मगर, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, भुवन कुमार रोक्का, धनबहादुर थापा, दलबहादुर गुरुङ, रामे मगर, पुर्ण प्रसाद शर्मा, भुबहादुर गुरुङ, टासी घले, दीपक मगर, टंकबहादुर कार्की, दीपक न्यौपाने र बलभद्र राईले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे ।

एमेच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा छन् । उनले २-अन्डर ७० सहित समग्रमा १४४ स्कोर गरेका छन् ।

यसैगरी वाङचेन ढोन्डुप, भरत थापा मगर र प्रज्वल गुरूङ सहित ६ एमेच्योर खेलाडीले पनि कट बनाए । यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानो समेत गर्नेछ ।

सद्भाव आचार्य सुवास तामाङ सूर्य नेपाल गल्फ टुर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय