+
+

प्रचण्डलाई आफ्नै पार्टीका मन्त्रीको व्यंग्य, भारत भ्रमणमा सँगै नजानुको कारण सुनाए

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १९:१०

२४ जेठ, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पछिल्लो भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरेको गर्‍यै छन् । उनकै मन्त्रिपरिषद्का सदस्य, अझ उनकै दल माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद नै उपलब्धिमा प्रश्न गर्दै उनीमाथि व्यंग्य गरिरहेका छन् ।

पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किरातीले काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा आफ्नो पार्टीका अध्यक्ष प्रचण्डमाथि कटाक्ष गरेका हुन् ।

‘दुई देशबीच सम्झौता हुँदैन भने विदेश पनि नजाने, त्यसैले यसपालि भारत पनि नगएको’ उनले भने, ‘खासमा त पर्यटनमन्त्री त सवारी मन्त्री पनि हो, नागरिक उड्ययन मन्त्रीसँग त जहाज पनि हुन्छ, तर त्यहाँ गएर आफ्नो भूमिकै हुँदैन भने किन जाने ?’

ठूलो मान्छे भएछ, आएन भनेर मन नदुखाइदिन उनले आग्रह पनि गरे । जिल्ला जिल्लामा भ्रमणका नाममा धेरै हेलिकप्टर उडाएर, अनि जुनसुकै देशबाट निम्तो आयो भन्दैमा भ्रमण गरिहाल्दा कुनै उपलब्धि नहुने भन्दै मन्त्री किरातीले सतर्क पनि गराए ।

भोजपुरबाट माओवादी सांसदका रुपमा प्रत्यक्ष निर्वाचित किराती आफ्ना पछिल्ला काम र अभिव्यक्तिका कारण चर्चा र विवादमा आइराख्छन् । यसै क्रममा उनले आफ्नो दलका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले गरेको भ्रमणलाई उपलब्धिमूलक नभएको भन्दै दिएको अभिव्यक्ति अहिले पार्टीपंक्तिभित्र चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?