
२५ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले २ महिनाभित्र सेयर ब्रोकरको संख्या ९३ पुर्याउने बताएका छन् ।
बिहीबार बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष हमालले समयतालिका बनाएर खुला रुपमा आवेदन दिएका १८ वटा धितोपत्रको लाइसेन्स दिइसकेको जानकारी गराउँदै दुई महिनाभित्र सेयर ब्रोकरको संख्या ९३ पुग्ने बताएका हुन् ।
धेरै समेयदेखि रोकिएर बसेको बैंकका सहायक कम्पनीले पनि धितोपत्र दलालको लाइसेन्स पाएको भन्दै बोर्ड अध्यक्ष हमालले यसले धितोपत्रको दोस्रो बजार विस्तार गर्न सहयोग गर्ने बताए । उनले आफू अध्यक्ष भएपछि सि–आश्वा शुल्क घटाएको मापदण्ड पुगेका सबैलाई कोटो प्रणाली नराखी ब्रोकर लाइसेन्स दिने जस्ता नीतिगत सुधार गरेको बताए ।
‘भेञ्चर क्यापिटल र प्राइभेट इक्विटीको पूर्ण इकोसिस्टम तयार हुँदैछ,’ उनले भने, ‘अर्काे आर्थिक वर्षमा वस्तु विनिमय बजारको सञ्चालनमा आउँछ । धितोपत्र बजार विकासको लागि अर्थमन्त्री आशिर्वादको अपेक्षा छ ।’
प्रतिक्रिया 4