+
+

इसेवाबाटै घरको बीमा गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १५:१०

काठमाडौं । इसेवाबाट घरको बीमा गर्न सकिने भएको छ ।  यूएसआईडी र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको इसेवाले जनाएको छ  ।

हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुनेछ । साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सकिनेछ ।

यसयोजना इसेवाको मोबाइल एप भित्र रहको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ ।

बीमा नीति अनुसार एक करोडसम्मको बीमा हुने यस योजनामा वार्षिक ५०० देखि ४ हजार ५०० रूपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ । बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय  हुनेछ ।

यस योजनामा सहभागी हुन घर धनीले घरको तस्वीर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ । इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा लागु हुनेगरी इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?