
२५ जेठ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी सरुवालाई व्यवस्थित गर्ने उपाय खोज्न कार्यदल गठन गरेको छ ।
मन्त्रालयकै सहसचिव हेमराज तामाङ र बलराम रिजाल रहेको आन्तरिक अध्ययन कार्यदल गठन गरिएको हो । कार्यदलले कर्मचारी सरुवालाई व्यवस्थित गर्ने उपाय सुझाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बताएका छन् ।
‘नीति अनुसार सरुवा प्रणाली व्यवस्थित गर्नका लागि कार्यदल गठन गरिएको हो’, मन्त्री मोदीले बिहीबार मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4