
२५ जेठ, काठमाडौं । नेपाली सेनाको टोलीले ‘सफा हिमाल अभियान–२०२३’ बाट ३५ हजार केजी बढी फोहोर संकलन गरेको छ ।
युनिलिभर नेपालसँगको सहकार्यमा सञ्चालित अभियान अनुसार सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट ३५ हजार ७०८ केजी फोहोर संकलन भएको छ ।
गत १४ चैतबाट सुरु भएको अभियान अन्तर्गत सगरमाथा–ल्होत्से क्षेत्रबाट १३ हजार ६२१, अन्नपूर्णबाट ३ हजार ५६७, बरुञ्चेबाट १८ हजार ५२० केजी गरी कुल ३५ हजार ७०८ केजी फोहोर संकलन भएको छ । यो अभियान ८ जेठमा सम्पन्न भएको थियो ।
नेपाली सेनासँगको सहकार्यमा जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न सघाउने प्रयासमा सहभागी हुन पाएकोमा खुसी लागेको युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले बताए ।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्वपूर्ण चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई अभियानले बढावा दिएको युनिलिभरले जनाएको छ ।
प्रतिक्रिया 4