+
+

‘क्यामिनो’लाई मेक्सिकोले भिसा दिएन, अब नेपाल र फिलिपिन्समा मात्रै छायांकन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १२:२८

काठमाडौं । प्रवेशाज्ञाको कारण प्रदीप खड्का स्टारर फिल्म ‘क्यामिनो’को छायांकन मेक्सिको र ब्राजिलमा नहुने भएको छ । निर्देशक दीपक वलीले भिसा समस्याले ती मुलुकमा गर्ने भनिएको छायांकन तयारी रोकिएको बताए । उनका अनुसार अब ती दक्षिण अमेरिकी मुलुकको कथावस्तुको छायांकन फिलिपिन्समै गरिने भएको छ ।

लोकेसन खोजीका लागि मेक्सिको जाने तयारीमा रहेको निर्माण टोलीले भिसा नपाउँदा रोकिएको छ । जसका कारण ब्राजिलको समेत योजना प्रभावित बन्यो । दक्षिण अमेरिकी मुलुकको लोकेसन खोजी रोकिएपछि अब असार १५ गतेदेखि नै फिलिपिन्समा छायांकन सुरु हुने भएको छ ।

‘ब्राजिल र मेक्सिकोको टापु र जंगलको दृश्य अब फिलिपिन्समै खिचिनेछ,’ मनिलाबाट काठमाडौंबाट फर्किएका निर्देशक वलीले अनलाइनखबरसँग भने, ‘अब यी दुई मुलुकमै सुटिङ हुनेछ । दक्षिण अमेरिकाको भिसा कुर्दा र तयारी गर्दा निकै ढिलो हुने देखियो ।’ अभिनेता खड्कासहित निर्माताको टोली फिलिपिन्समा लोकेसन खोजेर नेपाल फर्किएको छ ।

यसैबीच, ‘क्यामिनो’मा सौगात मल्ल नहुने निश्चित भएको छ । निर्देशक वलीले उनको ठाउँमा कसलाई लिने भन्ने टुंगोमा नपुगेको बताए । यो फिल्ममा प्रदीपसहित नीति शाह, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, रविन्द्र झा, प्रवीण खतिवडा कलाकारको रुपमा अनुबन्धित भएका छन् ।

पैदलै दक्षिण अमेरिकी मुलुक हुँदै अमेरिका प्रवेश गर्नेको कथावस्तुमा फिल्म क्यामिनो बन्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?