+
+

ओलीलाई जनार्दनको जवाफ : माओवादी विना तपाईंको सिंहदरबार यात्रा कठिन छ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १४:०२

२६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादीको शक्तिविना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताएका छन् ।

बजेटमाथि संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका थिए । शुक्रबार शर्माले त्यसको जवाफ दिँदै नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुने बताए ।

संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको र संसदको तेस्रो शक्ति बनेपनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी रहेको उनले बताए । उपमहासचिव शर्माले भने, ‘यसको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौं र ?’

मंसिरको चुनावमा एमालेको एकल एजेण्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयीकरण भएको भन्दै उनले भने, ‘याद रहोस्, माओवादीको शक्तिविना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?