+
+

दाङमा नदीमा डुबेर बालककाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २७ गते ७:४१

२७ जेठ, दाङ । दाङमा राप्ती नदीमा डुबेर एक बालककाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । शुक्रबार मध्याह्न घर नजिकै करिब ५:३० बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

मृतककाे शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?