+

नेपाली महिला क्रिकेट टोली हङकङ प्रस्थान

२०८० जेठ  २७ गते १२:०७ २०८० जेठ २७ गते १२:०७
नेपाली महिला क्रिकेट टोली हङकङ प्रस्थान

२७ जेठ, काठमाडौं । एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्न नेपाली महिला टिम आज बिहान ११ बजे हङकङ प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज बिहान ७ बजे नै राष्ट्रिय टिमको बिदाइ गरेको थियो । १२ जुनदेखि हुने प्रतियोगिताका लागि यसअघि नेपालले मलेसियासँग ५ खेलको शृंखला खेलेको थियो ।

नेपालले यस प्रतियोगितामा समूह ए मा रहेर हङकङ, भारत र पाकिस्तानको ए टोलीसँग खेल्नेछ । समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई छन् ।

नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

खेल हङकङको मिसन रोड मैदान कोलुनमा हुनेछ ।

नेपाली क्रिकेट हङकङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय