+
+

काठमाडौंमा यौनिक अल्पसंख्यकको गौरवयात्रा (तस्वीरहरु )

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० जेठ २७ गते १९:२५

२७ जेठ, काठमाडौं । शनिबार काठमाडौंको शान्तिवाटिकादेखि नारायणचौरसम्म गौरवयात्रा गरिएको छ । नेपाल क्वेयर युथ ग्रुपले आयोजना गरेको उक्त कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यकले आफ्नो अधिकारको पक्षमा आवाज उठाएका थिए ।

विश्वभरि ईश्वी संवत्‌को जुन महिनालाई सीमान्तकृत यौन अभिमुखीकरण भएका व्यक्तिहरुले गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाउने गर्छन् । बिसौं शताब्दीको ६० को दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरेर मनाउने गरिएको आयोजक क्वेयर युथ ग्रुपले जानकारी दिएको छ ।

शनिबार काठमाडौं रानीपोखरी छेउको शान्तिवाटिकादेखि सुरु भएको गौरव यात्रा जमल, दरवारमार्ग, नारायणहिटी, नागपोखरी हुँदै नारायणचौरसम्म पुगेको थियो । त्यसपछि नारायणचौरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

नेपालमा २०७६ सालदेखि गौरवयात्रा मनाउन थालिएको हो । २०७७ र २०७८ सालमा कोभिड-१९ महामारीका कारण अनलाइन माध्यमबाट गौरव यात्राको आयोजना गरिएको गियो ।

२०७९ सालमा दोस्रो पटक भौतिक उपस्थितिमा गौरव यात्रा मनाइएको थियो । यसवर्ष समग्रमा पाँचौं र भौट्टिक उपस्थितिमा मनाइएको तेस्रो कार्यक्रम हो ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?