+
+

एमबीए : रोजगारी र व्यवसायमा मात्र होइन, व्यक्तिगत जीवनलाई पनि

राजेश चौधरी राजेश चौधरी
२०८० जेठ २९ गते १६:४१

अहिले धेरैको आकर्षण बनेको शैक्षिक कार्यक्रम हो, मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन (एमबीए) । यसमा सैद्धान्तिकका साथै प्रयोगात्मक सिकाइको जुन मिश्रण छ, त्यसले नै एमबीएलाई विश्वभर सर्वमान्य डिग्रीको मान्यता दिलाएको हो ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने विगतमा यो कोर्स केन्द्रीय क्याम्पसहरुमा मात्र सीमित थियो । जब रोजगार बजारमा एमबीए ग्राजुएटहरुको माग र महत्व बढ्दै गयो, तब निजी कलेजहरुले पनि यो कार्यक्रमलाई प्राथमिकतासाथ समावेश गर्‍यो ।

कसले पढ्छन् एमबीए ?

रोचक पक्ष के भने विभिन्न पृष्ठभूमिका विद्यार्थी एमबीएप्रति आकर्षित छन् । स्नातकमा व्यवस्थापन पढेका मात्र होइन, इन्फर्मेसन टेक्नोलोजी, मेडिकल साइन्स, मानविकी, शिक्षा जुनसुकै संकायका विद्यार्थी पनि यसप्रति आकर्षित भइरहेका छन् । एमबीए अध्ययनका लागि यही विषयमा स्नातक गरेको भन्ने छैन । जुनसुकै विषय पढेकाले पनि न्यूनतम ४५ प्रतिशत अंक हासिल गरेको छ भने एमबीएमा भर्ना हुन सकिन्छ ।

अवसर अनन्त

एमबीए रोज्नुमा पनि विद्यार्थीको ध्येय फरक-फरक हुने गर्छ । वास्तवमा यो एकदमै आयामिक कोर्स हो । एमबीएबाट विद्यार्थीमा यस्तो दक्षता हासिल हुन्छ कि जसले उनीहरुलाई विभिन्न क्षेत्रमा अवसरको ढोका खुल्छ र आफैंले पनि अवसर सिर्जना गर्न सकिन्छ ।

हामीकहाँ विभिन्न पेसा-व्यवसाय गरिरहेकाहरु पनि एमबी अध्ययन गर्न आएका छन् । यसको अर्थ जब मान्छेले कुनै क्षेत्रमा प्रगति गर्न आफ्नो सीप र दक्षता विकास गर्न खोज्छन्, उनीहरुका लागि एमबीए कार्यक्रम उपयोगी सावित भएको छ ।

एमबीए अध्ययनपछि के गर्ने भनेर द्विविधा हुनुपर्दैन । आफूमा उद्यमशीलता विकास गर्न होस् वा कुशल नेतृत्त गर्न, यस कार्यक्रमले निखार्ने काम गर्छ । तपाईं रोजगार बजारमा प्रवेश गर्नुहोस् वा आफैं कुनै उद्योग-व्यवसाय गर्छु भन्ने सोच्नुहोस्, एमबीएको पढाइले धेरै सहयोग गर्नेछ । विभिन्न पेसामा आबद्ध भएकाहरुले पनि एमबीए कोर्स गरेको पाइन्छ, ताकि आफूलाई स्तरोन्नति गर्न सकियोस् ।

खासमा यो भर्सटाइल कोर्स हो । व्यावसायिक जीवनमा सफलता हासिल गर्न मात्र होइन, अरु थुप्रै क्षेत्रमा यसको जरुरत छ । चाहे त्यो मेडिकल होस्, आईटी होस् या त वित्तीय क्षेत्रमा । हरेक क्षेत्रमा व्यवस्थापकीय दक्षता चाहिन्छ । खासगरी जो व्यक्ति व्यवस्थापकीय  भूमिका रहेर काम गर्न चाहन्छन्, उनीहरुका लागि यो कोर्स अपरिहार्य नै छ ।

त्यसैले त हरेक क्षेत्रमा काम गरिरहेका, उद्यम-व्यवसाय गरिरहेका, जागिर खाइरहेकाहरु पनि एमबीए अध्ययनका लागि आउने गर्छन् । त्यसैअनुसार एमबीए अध्ययन गर्न चाहनेहरुको लक्ष्य र रुचि पनि फरक-फरक हुन्छ । कतिपय विद्यार्थी रिसर्चमा रुचि राख्छन् भने कतिपय उद्यमशीलतामा ।

आफ्नो करिअर निर्माणका लागि एउटा बलियो जग हो, एमबीए । त्यसबाहेक यसले व्यक्तिगत व्यवस्थापनको दक्षता पनि दिलाउँछ । व्यक्तिगत, पारिवारिक जीवनलाई कुशलतापूर्वक व्यवस्थापन गर्न यो उपयोगी हुन्छ ।

एमबीए अध्ययनपछि रोजगारीको अवसर खुला हुन्छ भने आफैं उद्यमी बन्ने कुशलता पनि हासिल गर्न सक्छन् । त्यसैगरी आफ्नो पेसा-व्यवसायमा थप उन्नति गर्न सक्छन् । एमबीएअन्तर्गत मार्केटिङ, मानव संशाधन, प्रोजेक्ट म्यानेजमेन्ट, इन्फर्मेसन म्यानेजमेन्ट, कम्युनिकेसन, लिडरसिप म्यानेजमेन्ट, फाइनान्सजस्ता विषय पढ्न सकिन्छ ।

(चौधरी डीएभी कलेजका एमबीए कार्यक्रम संयोजक हुन् ।)

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?