+
+

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १५:४६

२९ जेठ, काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन गर्ने भएको छ ।

राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी साउन १ देखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गरिने जानकारी दिए ।

त्यसका लागि विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने आयोगको तयारी छ ।

त्यसपछि सम्बन्धित देशको कुटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठाछाप संकलन गर्ने आयोगले जनाएको छ । प्रमुख आयुक्त थपलियाका अनुसार पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।

‘कुटनीतिक नियोगकै एक कर्मचारीलाई तोकेर मतदाता नामावली दर्ता गर्न लगाउने र सफ्टवेयरबाट उक्त नामावली लिएर निर्वाचन आयोगले नै अन्तिम निर्णय लिने’ थपलियाले बैठकमा भने, ‘विदेशमा रहेकालाई सम्बन्धित देशबाटै मताधिकारको व्यवस्था छैन । यस सम्बन्धी कानुन आउँदा नामावली यो हो भन्दा सहज हुने बुझाइका साथ आयोगले यस्तो आन्तरिक तयारी गरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?