+
+

हिरोइन खोज्दै दीपक मनाङेको फिल्म ‘बाघचाल’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते २१:०७

काठमाडौं । निर्माण तयारीमा रहेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आह्वान गरेको हो ।

फिल्मलाई ‘लाखे’ फेम्ड सम्राट बस्नेतले निर्देशन गर्नेछन् । उनका अनुसार अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो निर्मातालाई पठाउनुपर्ने जनाइएको छ । आवेदन दिने मिति असार ७ गतेसम्म तय गरिएको छ । ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा पठाउन सकिने जनाइएको छ ।

निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै फिल्मका लागि चाहिने ७ कलाकारका लागि अडिसन आह्वान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ ।

यो अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने फिल्ममा दीपक मनाङेको प्रस्तुति रहने भएको छ । फिल्ममा मनाङेसहित सविन श्रेष्ठ तय भएका छन् । फिल्मको निर्मातामा धनबहादुर गुरुङ (डिबी), टीकाराम भण्डारी, समिर शाही र कृष्ण थापा छन् । अभिनेता श्रेष्ठ कार्यकारी निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?