+
+

विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला महानगरले फोड्यो

विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १४:२७

३० जेठ, काठमाडौं । विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ । काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ ।

छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो ।

महानगरका मेयर बालेन्द्र (बालेन) साहले बालबालिका पढ्ने ठाउँमा ताला लगाउनु अपराध भएको भन्दै ताला फोड्न निर्देशन दिएका थिए ।

‘चाहे विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले महानगर क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने भन्दै कुनै विद्यालयले नियमको पालना नगरे उजुरी गर्ने व्यवस्था रहेको स्मरण समेत गराएका छन् ।

काठमाडौं महानगरले आफ्नो पालिकाभित्रको शैक्षिक संस्थाहरुमा राजनीतिक गतिविधि र बन्द हड्ताल गर्न नपाउने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?