+
+

जनकपुरमा बागी जितेका मेयर साहमाथिको कारबाही कांग्रेसले गर्‍यो फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १६:३५

३० जेठ, काठमाडौं । जनकपुर उपमहानगरपालिकामा बागी उम्मेदवारी दिएर मेयर जितेका मनोजकुमार साहलाई नेपाली कांग्रेसले गरेको कारबाही फिर्ता लिएको छ ।

उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसले जनता समाजवादी पार्टी जसपाका लालकिशोर साहलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

तर पार्टीको निर्देशन विपरीत मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।

कांग्रेस अनुशासन समितिका संयोजक आनन्दकुमार ढुंगानाले धनुषा जिल्ला सभापतिलाई पत्र पठाउँदै मनोजकुमार साहमाथिको कारबाही फुकुवा भएकाले उनलाई साविककै जिम्मेवारीमा रहेर कामकाज गर्न दिन निर्देशन दिएका छन् ।

साहले हिजोका दिनमा गरेको गतिविधिमा आत्मलोचना गर्दै पार्टीको सिद्धान्त र नीतिमा रहेर कामकारबाही गर्न निवेदन दिएकाले उनीमाथिको कारबाही फुकुवा गरिएको ढुंगानाले स्पष्ट पारेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?