+
+

प्रादेशिक अस्पतालको ओपीडी सेवा दुई सिफ्टमा चलाउन माग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १६:५२

३१ जेठ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार र विस्तार गर्न माग गर्दै नेकपा एमाले बुटवल उपमहानगर कमिटीले अस्पताल प्रशासनलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

अस्पतालमा बिरामीको चाप बढी भएकाले ओपीडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने, विरामीलाई आवश्यक रगतको आपूर्तिका लागि अस्पतालमै ब्लड बैंकको सेवा केन्द्र स्थापना गर्नुपर्ने लगायतका माग गरिएको छ ।

यस्तै अस्पतालको गुरुयोजना अनुसार १२ सय शैयाको अस्पताल भवन ठेक्का प्रकृयालाई पारदर्शी ढंगले अघि बढाउन पनि माग गरिएको छ ।

एमाले बुटवल नगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा गएको टोलीले अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापालाई संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा ओपीडी सेवा १० देखि २ बजे सम्म मात्र भएकाले टाढाबाट आउने बिरामीले सेवा लिन नपाएको हुँदा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने व्यवस्था मिलाउन माग गरेको छ ।

एकै ठाउँमा सबै प्रकारका ओपीडी सेवा प्रदान गर्दा भिडभाड र अव्यवस्थित भएको हुदा ओपीडी सेवालाई फरक फरक स्थानमा विकेन्द्रकरण गरेर सेवाप्रवाह गर्न माग गरिएको छ ।

यस्तै ल्याबका रिपोर्टहरुको विश्वसनीयतामा विभिन्न समयमा प्रश्नहरु उठेकाले गुणस्तरीय मेसिन, इक्युपमेन्ट, गुणस्तरीय केमिकल र दक्ष जनशक्तिको सन्तुलनमा देखिएको समस्या समाधान गर्न माग गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले अस्पतालको क्षमता भन्दा तीन गुणा बढी विरामीको चाप भएकाले दरबन्दी थप गरी जनशक्ति व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताए ।

जिल्ला अस्पताल र पालिकामा भएका स्वास्थ्य संस्थाहरुको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन सके प्रादेशिक अस्पतालमा चाप कम हुने अध्यक्ष श्रेष्ठले औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?