
३१ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेलगत्तै भारतको तमिलनाडुका मन्त्री सेन्थिल बालाजी बिरामी परेका छन् ।
१८ घन्टाको सोधपुछ र धेरै ठाउँको छापामारी पछि भारतको प्रवर्तन निर्देशनालय इडीले बुधबार बिहान उनलाई पक्राउ गरेको थियो ।
पक्राउ लगत्तै उनले छातीमा दुखाइ भएको भन्दै रोएका थिए । त्यसपछि उनलाई चेन्नईको अस्पतालमा भर्ना गरिएको छ । अस्पतालले उनको मुटुको अप्रेशन गर्नु पर्ने बताएको छ ।
तमिलनाडुमा सरकार सञ्चालन गरिरहेको डीएमकेले इडीको कारबाहीको आलोचना गरेको छ । यस्तै भारतको प्रमुख प्रतिपक्ष दल कांग्रेस आईले पनि इडीको कारबाहीप्रति आपत्ति जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4