+

प्रिमियर लिगको पहिलो खेलमै दुई च्याम्पियनको भेट

२०८० जेठ  ३२ गते १५:०७ २०८० जेठ ३२ गते १५:०७
प्रिमियर लिगको पहिलो खेलमै दुई च्याम्पियनको भेट

३२ जेठ, काठमाडौंं । डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजिनमा पहिलो खेल नै बर्नलीसँग खेल्ने भएको छ ।

बिहीबार सार्वजनिक पहिलो राउण्डको खेल तालिकाअनुसार बर्नली र सिटीको खेल ११ अगष्ट (२६ साउन)मा हुनेछ । सिटीले यो सिजन लिगसँगै एएफ कप र च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

पेप ग्वार्डिओला नेतृत्वमा सिटीले पछिल्लो ६ सिजनमा ५ उपाधि जितेको छ । र, यो सिजन लगातार चार लिग उपाधिको होडमा हुनेछ ।

दोस्रो डिभिजनको लिग ईएफए च्याम्पियनसिपको विजेता बर्नलीको प्रशिक्षक भिन्सेन्ट कम्पोनी हुन्, जसले ११ वर्ष सिटीबाट खेलेका थिए र चार लिग उपाधि जितेका थिए ।

पोचेचिनो नयाँ प्रशिक्षक पाएको चेल्सीले सिजनको पहिलो खेल लिभरपुलसँग १३ अगष्टमा खेल्नेछ ।

शुक्रबार, ११ अगष्ट : बर्नली भर्सेस म्यानचेष्टर सिटी

शनिबार, १२ अगष्ट : आर्सनल भर्सेस नटिङघम फरेस्ट
बोर्नमाउथ भर्सेस वेष्टहाम
ब्राइटन भर्सेस लिटोन टाउन
एभर्टन भर्सेस फुलहम
सेफिल्ड युनाइटेड भर्सेस क्रिष्टल प्यालेस
न्यूक्यासल भर्सेस एस्टनभिल्ला

आइतबार, १३ अगष्ट : ब्रेन्टफोर्ड भर्सेस टोटनह्याम
चेल्सी भर्सेस लिभरपुल

सोमबार, १४ अगष्ट : म्यानचेष्टर युनाइटेड भर्सेस वोल्भ्स

इ‌ंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय