
फाइल तस्वीर
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को चौथो सिजनबाट चर्चामा आएका भुटानी गायक रिहान गिरी नेपाली फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । फिल्मको एक शीर्ष भूमिकामा उनी अनुबन्धित भएको निर्देशक दिवाकर भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।
‘उहाँ हिरोभन्दा एक महत्वपूर्ण चरित्रमा हुनुहुन्छ,’ निर्देशक भट्टराईले भने, ‘एक महिनादेखि अभिनयको कार्यशालामा सहभागी हुनुहुन्छ ।’ भ्वाइस अफ नेपाल-४ को सेमिफाइनलिस्टको रुपमा कोच राजु लामाको समूहबाट उनले प्रतिस्पर्धा गरेका थिए । उनले त्यतिबेला नै आफू भ्वाइसमा भाग लिन भन्दा पनि फिल्म खेल्न नेपाल आएको बताएका थिए ।
यो रोमान्टिक फिल्मको यतिबेला वर्कसप चलिरहेको छ । शीर्ष भूमिकामा दीपिका प्रसाईं र ‘नाइँ नभन्नु ल ६’ फेम्ड आशिर्वाद बराल फाइनल भइसकेका छन् । यो फिल्मको छायांकन मनसुन सकिएलगत्तै पोखरामा सुरु गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4