+

मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित

२०८० जेठ  ३२ गते १९:०८ २०८० जेठ ३२ गते १९:०८
मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित

३२ जेठ, काठमाडौं । फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेलमा नेपाल १–० ले पराजित भएको छ ।

साफ च्याम्पियनसिपको तयारी स्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा फिलिपिन्सका लागि ४९ औं मिनेटमा जार्भी गायसोले गरेको गोल नै निर्णायक भएको हो ।

खेलको ४८ औं मिनेटमा नेपालले फल गरेपछि मिक ओटको कर्नरमा गोलरक्षक किरण लिम्बु र नेपाली खेलाडीहरु कर्नर जोगाउन गरेको हुलमुलको फाइदा उठाउँदै जाभीले गोल गरेका हुन् ।

दोस्रो हाफमा नेपालले केही मौका पाए पनि जवाफ फर्काउन सकेन ।

नेपाली टोली उतैबाट साफका लागि भारत प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ४ सम्म भारतको बैंग्लोरमा हुनेछ ।

नेपाल भर्सेस फिलिपिन्स साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय