३२ जेठ, काठमाडौं । साउथ एशियन बुद्धिचाल म्पियनसिपको दोस्रो दिन तेस्रो चरणको खेल सकिँदा भारतीय २४०६ रेटेट इन्टरनेशनल मास्टर नुबैर शाह शेखले एकल अग्रता लिएका छन् ।
उनले दोस्रो चरणको खेलमा भुटानका डिक्चेन दोर्जीलाई पराजित गर्दा तेस्रो चरणमा पाकिस्तानमा २२२४ रेटेट फिडेमास्टर अमिर करिमलाई पराजित गरे ।
तीन चरणमा शतप्रतिशत जितपछि ३ अंकसहित उनलको एकल अग्रता भएको हो ।
कालो गोटी लिएर अखेलेन प्रणालीमा खेल सुरु गरेका दोर्जीले खेलको पाँचौ चालमा नै गल्ती गर्न पुगे र नुबैरलाई घोडा उपहार दिन पुगे ।
लगत्तै नुबैरले दवाव बढाउँदै खेलको ३९औं चालमा खेल आफ्नो पक्षमा पार्न सफल भए। तेस्रो चरणमा अमिरविरुद्ध सेतो गोटी लिएर नुबैरले ईङलिस ओपनिङ प्रणालीमा खेल सुरुवात गरे ।
कालो गोटी लिएका अमिरले खेलको सातौँ चालमा नै उँट बलिदान गरी २ वटा प्यादा लिएर नुबैरलाई दवाबमा राख्न खोजे ।
रक्षात्मक खेल्न माहिर नुबैरले अमिरको हरेक चाललाइ विफल पार्दै २१ औं चालमै खेल त्याग्न बाध्य बनाए ।
बंगलादेश फिडे मास्टर २२०६ रेटेट हसन पराग मेहन्दी २.५ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।
दोस्रो चरणको खेलमा आफ्नै देशका अब्दुल मलेक मोहम्मदलाई प्रतिस्पर्धात्मक खेलको ६२औं चालमा निराश बनाए भने तेस्रो चरणमा २०२८ रेटेट नेपाली खेलाडी क्षितिज भण्डारीसँग बराबरी खेल्दै अंक बाँडे ।
नेपालका पुरुषोत्तम सिलवाल, भारतीय ग्राण्ड मास्टर सत्यन दास र पाकिस्तानका अमिर करिम २ अंक सहित संयुक्तरूपमा तेस्रो स्थानमा छन् ।
पुरुषोत्तमले दोस्रो चरणको खेलमा नेपालकै पूर्व च्याम्पियन सूरवीर लामालाई रोचक खेलमा पराजित गर्न सफल भए सफल भए भने तेस्रो चरणमा भारतका ग्राण्डमास्टर सत्यनसँग पराजित भए ।
अमिरले तेस्रोपटक चरणको खेलमा नेपाल च्याम्पियन रुपेश जैसवाललाई पराजित गरेका थिए ।
ललितपुरको गोदावरीस्थित होटेल भ्यू भृकुटीमा सन्चालन भइरहेको प्रतियोगितामा महिलातर्फ भारतीय इन्टरनेशनल मास्टर २२२५ रेटेट साक्षी आनान्द र १९१३ रेटेड बंगलादेशकी साविक विजेता वहिदा वादिफा २ अंक सहित संयुक्तरूपमा शीर्ष स्थानमा छन् ।
साक्षीले पहिलो चरणको खेलमा नेपालकी फिडे मास्टर सुजना लोहनीलाई पराजित गरिन् भने दोस्रो चरणमा नेपालकै रिया श्रेष्ठ माथि जित निकालेकी थिइन् ।
वहिदाले दोस्रो चरणको खेलमा माल्दिप्सकी ११०८ रेटेट खेलाडी नुहा रिवानलाई र पहिलो चरणमा नेपालकी रिया श्रेष्ठलाई पराजित गरेकी थिइन् ।
नेपालका सुशीला गुरुङ, सुजना लोहनी, शान्ति धिमाल र बंगलादेशका फेरदोस जन्नतुलले समान १ अंक जोडेका छन् ।
सुशीला पहिलो चरणको खेलमा फेरदोस जन्नतुललाई पराजित गरिन् भने दोस्रो चरणको खेलमा सुजनासँग पराजित रहिन् ।
प्रतिक्रिया 4